skip this yams_Max_Hospital.jpeg

भूमि समस्या समाधान आयोग बाराकाे अध्यक्ष घलेले लिए सपथ

भूमि समस्या समाधान आयोग बाराकाे अध्यक्षमा अम्लेखगञ्जका घले नियुक्त

879 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-भूमि समस्या समाधान आयोग बाराकाे अध्यक्षमा अम्लेखगञ्जका भरतबहादुर घले नियुक्त भएका छन् ।

नव नियुक्त जिल्ला अध्यक्ष घलेले साेमबार शपथ ग्रहण गरेका छन् । काठमाडौंमा आयाेजित एक कार्यक्रममा ७१ जिल्लाका भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्षहरूलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले शपथ गराएका हुन् ।

अध्यक्ष घले साविक अम्लेखगञ्ज गाउँ विकास समितिका अध्यक्ष समेत हुन् ।

यसैबीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले तीन वर्षभित्र भूमि समस्या स्थायीरूपमा समाधान हुने बताएका छन् ।

भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्षहरूको शपथ ग्रहण कार्यक्रममा मन्त्री अधिकारीले अहिले गठन भएको भूमि आयोग अन्तिम आयोग रहने बताए ।

आयोगको ३ वर्षे कार्यकालमा भूमि समस्या स्थायीरूपमा समाधान हुने उनले बताए ।

भूमि र सहकारी क्षेत्रको समस्या समाधान वर्तमान सरकारको उच्च प्राथमिकतामा रहेकाले अध्यादेशमार्फत भूमि ऐन र सहकारी नियमन प्राधिकरण गठन गरिएको उल्लेख गरे ।

संसदमार्फत ऐन ल्याउँदा लामो समय लाग्ने र समस्या समाधानमा विलम्ब हुने देखेर सरकारले फास्ट ट्र्याकमार्फत ऐन ल्याएको उनको दाबी छ।

भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्षहरूलाई ३ वर्षभित्र सबै जिल्लामा देखिएका भूमि समस्या स्थायीरूपमा समाधान गर्ने गरी काम गर्न मन्त्री अधिकारीले निर्देशन दिए ।

nijgadh-supermart-adz1200-630