skip this yams_Max_Hospital.jpeg

लोकप्रिय साकोस निजगढको १५ औँ साधारण सभा सम्पन्न

414 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ–७ शहीदचोकस्थित लोकप्रिय बचत तथा ऋण सहकारी संस्था लि. को शनिवार १५ औँ साधारणसभा सम्पन्न भएको छ ।

साधारण सभाको मधेस प्रदेश सभाकी सदस्य मिना लामाले उद्घाटन गरेकी छिन् । उद्घाटन कार्यक्रममा सांसद लामासहित निजगढ नगरपालिकाका मेयर सुरथ पुरी, जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डिका सापकोटा उप्रेती, उपमेयर सोममाया थिङ, नेफ्स्कुन केन्द्रिय सञ्चालक शोभा राउत, सहकारी सञ्जाल निजगढका संयोजक भोलाप्रसाद गौतम, निजगढ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, निजगढका अध्यक्ष सुदर्शनप्रसाद कोइराला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा अध्यक्ष चौलागाईंले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष अञ्जु नेपालीले आर्थिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिकी संयोजक पार्वती अधिकारीले लेखा प्रतिवेदन तथा व्यवस्थापक रोशन तिमल्सिनाले चालू आवको अनुमानित खर्च विवरण पेश गरेका थिए ।

कार्यक्रममा उत्कृष्ट बचतकर्ता सम्मानबाट केदारनाथ तिमल्सिना, राधाकृष्ण सापकोटा, विष्णुप्रसाद सिटौला र राम कुमार गौतम सम्मानित भएका छन् ।

त्यस्तै बाल बचत सम्मान प्रिन्स कुमार साहलाई प्रदान गरिएको छ । त्यस्तै उत्कृष्ट कर्मचारी सम्मान सिंगौल शाखाका व्यवस्थापक सुरेश शर्मालाई प्रदान गरिएको छ ।

त्यस्तै उत्कृष्ट पूर्व कर्मचारी सम्मान अस्मिता दाहाल र सुनिता सापकोटालाई प्रदान गरिएको छ ।

त्यस्तै अधिक मासिक बचतकर्ता सम्मान अम्बिका कुमारी घिमिरे, पूर्व संचालक सम्मान शिद्धबहादुर थापा, संस्थागत बचत सम्मान गौरीशंकर मावि सडकटोललाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष अम्बिकाप्रसाद चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष केदारप्रसाद गौतमले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण लिलानाथ बञ्जाराले गरेका थिए ।

कार्यक्रममा निजगढ नगरपालिका वडा नं. ३ का अध्यक्ष गोकुल तिमल्सिना, ६ का अध्यक्ष घनश्याम तिमल्सिना, गौरीशंकर क्याम्पसका अध्यक्ष एकबहादुर श्रेष्ठ, बागदेव दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष थानेश्वर सापकोटा, हिमचुली साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष दुर्गा कोईराला, सरल बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष गोरखबहादुर खड्का, सेवा शुभारम्भ साकोसका अध्यक्ष मणिश्वर घिमिरे, अवतार साकोसका अध्यक्ष अजय लामा, अ‍ैचोपैचो साकोसका अध्यक्ष नारायणप्रसाद गौतम, निजगढ सामुदायिक अस्पतालका अध्यक्ष माधव न्यौपाने लगायत सहभागि थिए ।

nijgadh-supermart-adz1200-630