skip this farak Kura Pravakar

ठूला भ्रष्टाचारको काण्डमा सबै दलको ठूला नेताहरुको संलग्नता छ –राजेन्द्र लिङ्देन

1.15K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। ठूला भ्रष्टाचारको काण्डमा सबै दलको ठूला नेताहरुको संलग्नता रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले दाबी गरेका छन् । आज वसन्तपुरमा भ्रष्टाचारविरोधी प्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भ्रष्टाचारमा ठूला दलहरुको सर्वदलीय सहमति जस्तो रहेको उल्लेख गरेका छन् ।

अध्यक्ष लिङ्देनले भने, ‘ठूला भ्रष्टाचारका काण्डहरुमा सबै दलका ठूला दलका नेताहरुको संलग्नता भएकै कारण जतिसुकै भ्रष्टाचार मुद्दा सार्वजनिक भए पनि आयोग गठन गर्ने, अनुसन्धान गर्ने नाममा फासफुस बनेर गएका छन् ।

त्यसैले अहिलेसम्म सबै भ्रष्टाचारका काण्डहरुमा ठूला दलको संलग्नता छ । सर्वदलीय सहमति जस्तो छ भनेर हामीले भन्दै आएका थियौं । अहिले यो प्रमाणित भएको छ ।’अध्यक्ष लिङ्देनले गाउँघरतिर नेता आउँदा चोर आए भन्छन् भनेर दिएको अभिव्यक्ति अहिले पुष्टि भएको बताएका छन् ।

nijgadh-supermart-adz1200-630