‘फेक न्युज’ प्रसारण गर्नेलाई १५ वर्ष जेल सजाय हुने
रुसले फेसबुकमाथि प्रतिबन्ध
वि.सं.२०७८ फागुन २१ शनिवार ११:०९

रुसले फेसबुकमाथि प्रतिबन्ध लगाएको छ । रुसी सञ्चारमाध्यमलाई प्रतिबन्ध लगाइएको भन्दै रुसले फेसबुक, ट्विटर र युट्युबगायतका सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाएको हो ।
सञ्चारमाध्यम र सूचना प्रविधिसम्बन्धी रुसी नियामक निकाय रोस्कोमनाद्जोरका अनुसार फेसबुकले अक्टोबर २०२० देखि यता रुसी सञ्चारमाध्यमाथि २६ वटा विभेदपूर्ण व्यवहार गरेको जनाएको छ ।
साथै युक्रेनसँग संघर्ष चलिरहेका बेला सरकारी सञ्चारमाध्यम आरटी र आरआईए न्युज एजेन्सीमाथि प्रतिबन्ध लगाएको पनि रुसले जनाएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सेनाका बारेमा ‘फेक न्युज’ प्रसारण गर्नेलाई १५ वर्ष जेल सजाय हुने कानुनमा समेत हस्ताक्षर गरेका छन् । पछिल्ला केही वर्षमा रुसी सरकार र ठूला प्रविधि कम्पनीबीच विवाद रहँदै आए पनि युक्रेनसँगको संघर्षका बेला झन् चर्किएको हो ।
त्यस्तै रुसी समाचार संस्था तास र इन्टरफ्याक्स न्युज एजेन्सीले पनि आफूहरूलाई ट्विटरमा प्रतिबन्ध लगाइएको बताएका छन् ।
वि.सं.२०७८ फागुन २१ शनिवार ११:०९
















