skip this farak Kura Pravakar

अमेरिकाबाट ल्याइए नेपालमा सात वटा साँढे

1.69K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । व्यावसायिक गाईपालन गरी किसानको जीवनस्तर अभिवृद्धि गर्ने उद्देश्यले अमेरिकाबाट सात वटा साँढे नेपाल ल्याइएको छ। नश्ल सुधारका लागि पहिलोपटक पाँच वटा जर्सी र दुई वटा होल्स्टीन साँढे गत शुक्रबार नेपाल ल्याइएको हो।

विश्व बैंकको सहयोगमा कृषि तथा पशुपक्षी मन्त्रालयको नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजनाअन्तर्गत मेट ग्रुपले ल्याएका ती साँढे हाल खुमलटारस्थित पशु क्वारेन्टाइनमा राखिएको छ।

चार/पाँच दिनपछि ती साँढे पोखराको लाम्पाटनमा रहेको राष्ट्रिय प्रजनन् केन्द्रमा पठाइने आयोजनाका अनुगमन तथा मूल्यांकन अधिकृत डा केशव भट्टले जानकारी दिए। नौ महीनादेखि एक वर्षको वयस्क भएका ती साँढेबाट केही वर्षभित्रै नश्लसुधार भई देशभरि व्यावसायिक गाईपालन गर्न सहयोग पुग्ने उहाँँको भनाइ छ।

अमेरिकाबाट ल्याइएका साँढेबाट होल्स्टीन, जर्सी र स्थानीय जातका गाईलाई कृत्रिम गर्भाधान गराइसकेपछि त्यहाँ उत्पादन हुने सिमेन किसानलाई निःशुल्क रूपमा वितरण गरिने डा भट्टले जानकारी दिए। अब नेपाली किसानले नस्ल सुधारपछि धेरै फाइदा लिन सक्ने र यसबाट उनीहरूको जीवनस्तरमा निकै सुधार आउने उनको विश्वास छ।

शुरुमा एक करोड ३० लाखमा सम्झौता भएकामा ढिलासुस्तीका कारण खर्च बढेर दुई करोड पुगेको उनको भनाइ छ। प्रति साँढे रु १८ लाखमा खरिद गरिएकामा पछि लागत बढ्न जाँदा झण्डै २६ लाख पर्न गएको छ।

सम्झौता भएको रकमभन्दा घाटा नै खाएर साँढे नेपाल ल्याउन सफल भएको बताउँदै केसीले भने, “यसमा हामीलाई निकै घाटा पर्न गएको भए पनि देशमा व्यावसायिक गाईपालन गर्न सहयोग पुग्ने आशा गरेका छौँ।”

साँढे ल्याउन सरकारले मेट ग्रुपसँग सहकार्य गरेको थियो भने ढुवानीमा क्वीक फ्रेट लजिस्टिक कम्पनीले सहयोग गरेको थियो। यसअघि सन् १९०७ मा जङ्गबहादुर राणाले पहिलोपटक बेलायबाट साँढे ल्याएकामा त्यसपछि अहिले सरकारले नै बोलपत्र आह्वान गरी साँढे ल्याएको हो।

nijgadh-supermart-adz1200-630