skip this

ठमेलको कल सेन्टरमा प्रहरी छापा, ४ जना चिनियाँ पक्राउ

1.46K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-काठमाडौंको ठमेलमा रहेको कल सेन्टरमा प्रहरीले छापा मारेको छ । ज्याठास्थित कल सेन्टरबाट ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।

पक्राउ पर्ने सवै पुरुष हुन् । कल सेन्टरबाट प्रहरीले ४७२ थान मोवाइल र २६ थान ल्यापटप बरामद गरेको छ । साउन ९ मा काठमाडौं प्रहरीले तिनकुनेस्थित स्काई वर्ल्ड सर्भिस प्रालिमा छापा मारेर १ जना चिनियाँसहित ३६ जना लाई पक्राउ गरेको थियो ।

सर्वसाधारणका लागी टेलिफोन बुथ र साइबर क्याफे संचालन गर्ने भनेर दर्ता गरिएको सो कम्पनीले विभिन्न एप्स मार्फत भारतमा ऋण दिएर मिटरब्याज असुल्ने गरेको अनुसन्धानबाट थाहा भएको काठमाडौंका एसएसपी भरत बोहराले जानकारी दिए ।​

nijgadh-supermart-adz1200-630