skip this

करेन्ट लागेर कोहलपुरमा एक युवतीको मृत्यु

1.77K shares
oil-nigam-amlekhgunj-adv.jpeg

नेपालगन्ज-कोहलपुरमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर २ की २५ वर्षीया प्रशाना आर्चायको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रहरीका अनुसार आचार्यको गत राति ११ बजे आफ्नै घरको झ्यालमा करेन्ट लागेर मृत्यु भएको हो । घटनापछि मृतकको शव पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630