skip this farak Kura Pravakar

रतनपुरीमा ११ जनामा मोतियाविन्दु फेला, निजगढ तिलगंगा आँखा अस्पतालमा निःशुल्क शल्यकृया हुने

513 shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ–बाराको निजगढ–११ रतनपुरस्थित रतनपुरी स्वास्थ्य चौकीमा सञ्चालन भएको शिविरमा ११ जनामा मोतियाविन्दु फेला परेको छ ।

निजगढ तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा मंगलबार सञ्चालित निःशुल्क परीक्षण शिविरमा सहभागि ७० जना मध्ये ११ जनामा मोतियाविन्दु फेला परेको स्वास्थ्य चौकीका इन्चार्ज दिनेश परियारले जानकारी दिए ।

उनीहरुको आईतबार तिलगंगा आँखा अस्पतालमा निःशुल्क शल्यकृया हुने उनले जानकारी दिए ।

शिविरमा २० जना दाँतका विरामीको पनि परीक्षण र उपचार भएको छ ।

निजगढ नेत्र सहायक अमन चौधरीको नेतृत्वमा मन्जुकुमारी बस्नेतले आँखा परीक्षण गरेका थिए भने सिम्रन डेन्टल क्लिनिक बुद्धचोकका विनय कश्वाहले दाँतको परीक्षण तथा उपचार गरेका थिए ।

शिविरमा परीक्षण, परामर्श र औषधि वितरण गरिएको थियो ।

nijgadh-supermart-adz1200-630