skip this farak Kura Pravakar

मधेसको प्रतिनिधित्व गर्दै राष्ट्रिय डोरी तान प्रतियोगितामा सहभागि हुने निजगढका खेलाडीलाई ५ नम्बर वडा कार्यालयद्धारा विदाई

615 shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ– मधेस प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय डोरी तान प्रतियोगितामा सहभागि हुन भक्तपुर जाने तयारीमा रहेका निजगढका खेलाडीलाई विदाई गरिएको छ ।

निजगढ ५ नम्बर वडा कार्यालयले खेलाडीहरुलाई जर्सी हस्तान्तरण गर्दै जीतको शुभकामनासहित विदाई गरेको हो ।

नेपाल डोरी तान संघको आयोजनामा फागुन १६ र १७ गते भक्तपुरको एसबोएस हर्मन माइनर स्कूलको खेल मैदानमा तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिता हुने लागेको छ ।

खेलाडीलाई वडा नं ५ का वडा अध्यक्ष सुर्य थापा मगरसहित वडा सदस्य आशा चौलागाई, सविता दर्जी, कुँजरमणी सापकोटा, लिलानाथ गौतम लगायतले जर्सी हस्तान्तण गरेका थिए ।

nijgadh-supermart-adz1200-630