skip this farak Kura Pravakar

तामाङ समुदायले टुँडिखेलमा यसरी मनाए सोनाम ल्होछार (फोटोफिचर)

1.31K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-तामाङ समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी आज सोनाम ल्होछार पर्व मनाएका छन् । काठमाडौं उपत्यकासहित तामाङ समुदायको ठूलो बस्ती रहेका स्थानहरुमा हर्षोल्लासपूर्णरुपमा सोनाम ल्होछार मनाएका हुन् ।

ल्होछारको अवसरमा काठमाडौंको टुँडिखेलमा पनि विशेष महोत्सव र मेलाको आयोजना गरिएको थियो । २८५९ औँ तामाङ ल्होसारको उपलक्ष्यमा काठमाडौंको टुंडिखेलमा आयोजित सोनाम ल्होसार समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेका थिए ।

तीन दिनसम्म टुँडिखेलमा तामाङ समुदायले ल्होछार पर्वको अवसरमा आफ्ना सांस्कृतिक, धार्मिक नाचगान एवं झाँकी समेत प्रदर्शन गरिएको छ ।

आजको दिन तामाङहरुको बसोवास रहेका स्थानमा मेला, महोत्सव लाग्ने गर्छ । आजको दिनलाई यो समुदायले नयाँ वर्षको रुपमासमेत मनाउने गर्दछन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८५९ औं वर्ष शुरु भएको छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष शुरु भएको छ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार मनाउने गरिन्छ ।

 

राष्ट्रिय संस्कृतिको जर्गेना गर्ने दायित्व सबैमा आएको छ – प्रधानमन्त्री प्रचण्ड

पाश्चात्य संस्कृतिले राष्ट्रिय संस्कृतिलाई विस्थापन गर्दैछ –प्रधानमन्त्री दाहाल

nijgadh-supermart-adz1200-630