आज यि प्रदेशमा भारी वर्षाको सम्भावना
वि.सं.२०७९ साउन १० मंगलवार ०६:३१
City commuters are seen through heavy rain, in Sydney, Tuesday, June 19, 2018. The Bureau of Meteorology have issued a severe weather warning for parts of the Hunter, Central Coast and Sydney, which in turn brought about a hazardous surf warning for the area as well. (AAP Image/Chris Pavlich) NO ARCHIVING
काठमाडौं । आज बिहान प्रदेश १, बागमती र लुम्बिनीका केही क्षेत्रमा वर्षा भइरहेको छ ।दिउँसो देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि पनि आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।राति प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
बुधबार देशभर बदली रहनेछ । पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा वर्षा हुनसक्ने महाशाखाले उल्लेख गरेको छ ।हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही दक्षिणतिर छ भने पूर्वमा सरदर स्थान आसपासमा रहेको छ ।
वि.सं.२०७९ साउन १० मंगलवार ०६:३१

















