आज मुलुकका विभिन्न स्थानमा वर्षाको सम्भावना
वि.सं.२०७९ साउन ७ शनिवार ०७:२६
1.19K
shares

काठमाडौं । आज मुलुकका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । बिहान काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । दिउँसो पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । मुलुकका केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।मनसुनको न्यून चापीय रेखा सरदरभन्दा केही दक्षिण रहेकाले सक्रिय हुन नसकेको हो ।
वि.सं.२०७९ साउन ७ शनिवार ०७:२६

















