skip this

मेची महाकाली बुहारी संयुक्त आवाज मधेशद्वारा चन्द्रपुर ६ मा अशक्त अपाङ्गलाई सिरक वितरण

1.32K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं–मेची महाकाली बुहारी संयुक्त आवाज मधेश समितिले अशक्त अपाङ्गलाई सिरक वितरण गरेको छ ।

मेची महाकाली बुहारी संयुक्त आवाज मधेश प्रदेशको आयोजनामा रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वड़ा नम्बर ६ मा ८ जना अशक्त अपांगहरुलाई जाड़ोंबाट बाच्नको लागि सिरक वितरण गरिएको हो ।

विगत केहि दिन देखि अचानक बढेको चिसोको कारण बालबालिका, बृद्ध बृद्धा, अपांगहरु बढ़ी प्रभावित भएकाले सिरक वितरण गरिएको मधेश प्रदेश संयोजक पुजा पाठक तिमिल्सिनाले बताईन् ।

कार्यक्रममा मेची महाकाली बुहारी संयुक्त आवाजकी मधेश प्रदेश संयोजक पुजा पाठक तिमिल्सिना लगायतको उपस्थति रहेको थियो । मेची महाकाली बुहारी संयुक्त आवाज मधेश प्रदेश समितिले बिहीबार वडा नं. ५ मा २० जनालाइ वितरण गर्ने योजना बनाएको अध्यक्ष तिमल्सिनाले जानकारी दिईन् ।

nijgadh-supermart-adz1200-630