skip this hetauda tech

तीन महिनापछि उदयपुर समुदायिक वनले पायो नयाँ समिति

पद हस्तान्तरण

651 shares
oil-nigam-amlekhgunj-adv.jpeg

चितवन–चितवनको कालिका नगरपालिकामा रहेको उदयपुर समुदायिक वन उपभोक्ता समुहले नयाँ नेतृत्व पाएको छ ।

उदयपुर सामुदायिक वन उपभोक्ता समुहको नेतृत्व छनौटमा केही विवाद भएका कारण तीन महिनापछि मात्र समितिले पुर्णता पाएको हो । गत २० असोजमा १३ औं साधारण सभा तथा अधिवेशन सम्पन्न गरिएको थियो ।

नव निर्वाचित कार्य समितिमा अध्यक्ष शंकर लामा, उपाध्यक्ष ज्ञानु कुमाल, सचिवमा अनिता पौडेल ढकाल, कोषाध्यक्षमा कोपिला अधिकारी, सहसचिव नारायण प्रसाद लामिछाने निर्वाचित भएका छन् ।

वडा संयोजकहरुमा साविक जुटपानी अन्तर्गत वडा नम्वर १ संयोजक लक्ष्मी मिश्र अर्याल, ३ मा ज्ञान बहादुर खड्का, ४ मा मिन वहादुर लामा, ५ मा वालकृष्ण अम्गाई निर्वाचित भएका छन् ।

त्यसैगरि साविक शक्तीखोर अन्तर्गत वडा संयोजकहरुमा ४ मा मनमाया गुरुङ, ७ मा रुद्र बहादुर बस्नेत, ८ मा लक्ष्मी अधिकारी, ९ मा नविन विसी निर्वाचित भएका छन् ।

त्यस्तै साविक पिठुवा अन्र्गत वडा संयोजकमा ३ मा इश्वरी प्रसाद खनाल, ७ मा प्रेम प्रसाद तिवारी, ८ मा रमकुमार वाइवा, ९ मा कल्पना काप्री पोखरेल निर्वाचित हुनुभएका छन् ।

आगामी कार्यकालको लागि लेखा समिति संयोजकमा चित्र वहादुर रायमझी, सदस्यहरुमा रामचन्द्र दवाडी, गीता दहाल निर्वाचित भएका छन् । त्यसैगरि अनुमगन समितिमा झग वहादुर गुरुङ्ग र लिला वहादुर थापा निर्वाचित भएका छन् ।

सपथ ग्रहण तथा पद हस्तान्तरण
निर्वाचित कार्य समितिलई सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

निर्वाचन समितिका कार्यवाहक संयोजक लालु प्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा खगेरी सव डिभिजन कार्यालय प्रमुख देवी प्रसाद पौडेल र सामुदायिक वन उपभोक्ता महासंघ चितवनकी सचिव लक्ष्मी कार्की विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नगर प्रमुख रेग्मी, सामुदायिक वन उपभोक्ता महासंघ चितवनकी सचिव कार्की, वडा नं. ६ का टिकाराम रेग्मी, वडा नं. ७ का कमल मुक्तान, उदयपुर सामुदायिक वनका निर्वतमान अध्यक्ष केशव लामा, नेपाली कांग्रेस जिल्ला सदस्य कृष्ण वहादुर घिमिरे, नेकपा एमालेका जिल्ला कमिटि सदस्य टिकाराज रिजाल, नेकपा (माओवादी केन्द्र) का जिल्ला समन्वय समितिका सदस्य राजेन्द्र ढुंगाना, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति उमाकान्त बराल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उनीहरुले नयाँ निर्वाचित कार्य समितिलाई वधाईसंगै शुभकामना व्यक्त गरेका हुन् ।

कार्यक्रममा सहभागि अतिथिहरु ।
nijgadh-supermart-adz1200-630