skip this hetauda tech

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ

588 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । बिहीबार दिउँसो बाँकेबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीले सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी हुन् । बाँकेबाट पक्राउ परेका उनलाई प्रहरीले कैलाली लैजाँदैछ ।

कैलाली जिल्ला अदालतले १० वर्षअघि आगजनी गरेको कसूरमा उनीमाथि ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएको थियो । उक्त फैसला कार्यान्वयनका लागि उनलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता डीआईजी पोषराज पोखरेलले लोकपथलाई जानकारी दिए ।

‘कोहलपुरबाट पक्राउ गरेर जिल्ला अदालत कैलालीतर्फ लैजाँदैछौं’ उनले भने । उक्त फैसला कार्यान्वयन भएको थिएन । यो बीचमा उनी सांसद बनेर आएपछि उनको फैसला कार्यान्वयन नभएको कुरा बाहिर आएको थियो ।

nijgadh-supermart-adz1200-630