skip this

नागरिकता विधेयक अगाडि बढाउने गठबन्धनको निर्णय

1.04K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ- सत्तारुढ गठबन्धनले नागरिकता विधेयकलाई अघि बढाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुटारमा बुधबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विचाराधीन नागरिकता विधेयक अघि बढाउने प्रस्ताव गरेका र यसलाई अघि बढाउने निर्णय भएको कांग्रेस नेता एवं सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए। उनले केही प्रक्रियाहरू पुरा गरेर उक्त विधेयक चाँडै सदनमा पेस गर्ने बताए।

बैठकले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने निर्णय गरेको उनले जानकारी दिए। बैठकमा महँगीका बारेमा पनि छलफल भएको र यसलाई नियन्त्रण गर्न थप छलफल गर्ने कार्कीले बताए।

बैठकमा मन्त्रिपरिषद् हेरफेरका बारेमा भने कुनै छलफल नभएको कार्कीले बताए।

nijgadh-supermart-adz1200-630