संसद भवनको झल्को दिने जीतपुरसिमराको नगर सभा सञ्चालन (हेर्नुस् तस्वीर/भिडियो)
व्यवस्थित नगर सभा सञ्चालन गरेर मेयर राजन पौडेलले बनाए नयाँ रेकर्ड
वि.सं.२०८० चैत ९ शुक्रवार २३:१२

बारा–संघीय संसद भवनको झल्को मेटाउने गरी बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले नवौं नगर सभा भएको छ ।
जीतपुरको शिव पावर्ती फिल्म हलस्थित प्राईम पार्टी प्यालेसमा नगरसभाको सिट व्यवस्थापनदेखि सञ्चालनसम्मले झल्को दिईरहेको थियो ।
बेहुली झैं सिंगारिएको भव्य सभाहलको माथिल्लो खण्डमा नगर प्रमुख राजन पौडेलले सभा सञ्चालन गरेका थिए । उनकै दायाँतर्फ सभा सचिव प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसाद र बाँयातर्फ सभा उपाध्यक्ष उपप्रमुख भोलाप्रसाद अधिकारी आशिन थिए ।
सभाअध्यक्ष, उपाध्यक्ष र सचिवको माथिल्लो आशनसँगै तल्लो खण्डमा नगर सभा सदस्यहरु र बालकुनीमा सञ्चारकर्मी र कर्मचारीलाई गरी तीन वटा छुट्टाछुट्टै स्थान व्यवस्थापन गरिएको थियो ।
सभाध्यक्षको प्रवेश भएसँगै सभाका सदस्यले स्वागत गर्दै ताली बजाउँछन् । सभाअध्यक्ष मञ्चमा पुग्नासाथ राष्ट्रिय गान बजाइन्छ । सबै जना उभिएर राष्ट्रिय गानमा सहभागी हुन्छन् ।
प्रथम मेयर डा. कृष्ण पौडेल, कार्यपालिका सदस्य रामपतिदेवी थरुनीसहित राष्ट्रका लागी प्राणको आहुती दिएका शहीदहरुप्रति एक मिनेट मौन धारणसहित कार्यक्रमलाई अगाडी बढाईएको थियो ।
लगत्तै संघीय संसदमा अर्थमन्त्रीले झैं सभाउपाध्यक्ष अधिकारीले आर्थिक वर्ष २०८०÷८१ को संशोधिन बजेट पेश गरेका थिए । संघीय संसदको सभामुखकै शैलीमा प्रस्तुत भएका सभाअध्यक्ष पौडेलले प्रस्तुत संशोधित बजेटमा धारणा राख्न सभा सदस्यहरुलाई तीन/तीन मिनेट समय प्रदान गरे ।
उनीहरुको धारणा राख्ने क्रम सकिएपछि प्रस्तावप्रति संसदमा जस्तै हुन्छ/हुँदैन भनेर सभाध्यक्षले निर्णायर्थ पेस गरे । सभाका सबै सदस्यले पक्षमा ताली बजाएर हुन्छ भने र बहुमतले पारित भयो ।
पहिलो पटक सभालाई व्यवस्थित रुपमा सञ्चालन गरेर नगर प्रमुख पौडेलले नयाँ रेकर्ड कायम गरेका छन् । ऐतिहासिक रुपमा सभा सञ्चालन भएपछि प्रफुलित भएका सभा सदस्यहरुले नगर प्रमुख पौडेललाई बधाई दिईरहेका थिए ।
भिडियो :
https://www.facebook.com/61554154396132/videos/649280827324534

वि.सं.२०८० चैत ९ शुक्रवार २३:१२