कांग्रेस बाराको अधिवेशन भोली, यी हुन् सभापतिको उम्मेदवार
वि.सं.२०७८ फागुन २४ मंगलवार २०:४२

बारा । नेपाली कांग्रेस बाराको जिल्ला अधिवेशन फागुन २५ गते हुने भएको छ । नेपाली कांग्रेसको १४ महाधिबेशन अन्र्तगत हुन लागेको महाधिवेशन विवादको कारण मतदान प्रकृया सुरु भएर पनि स्थगित भएको थियो । पटक पटक सर्दै आएको र २१ गते भएको निर्वाचनमा विवाद भएको थियो ।
सभापतिका उम्मेदवारहरुले सहमति गरेसगै निर्वाचन समितिले २५ गतेका लागि निर्वाचनको तयारी गरेको निमित्त जिल्ला निर्वाचन अधिकृत राज कुमार उप्रेतीले बताए ।
बाराको श्री ३ चन्द्र माबिमा बिहान ८ बजे देखि ५ बजे सम्म निर्वाचन हुने निमित्त जिल्ला निर्वाचन अधिकृत उप्रेतीले बताए ।
अधिवेशन अन्तर्गत हुने निर्वाचनमा कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव, रामानन्द यादव र शम्भु बुढाथोकी सहित तीन जना सभापति पदमा प्यानलसहित प्रतिस्पर्धा गर्दै छन् । बारामा कांग्रेसको २४८० मतदाता रहेका छन् ।
वि.सं.२०७८ फागुन २४ मंगलवार २०:४२

















