skip this

कांग्रेसले संविधानको रक्षका लागि प्रधानमन्त्रीलाई विश्वासको दिएको हो –शेरबहादुर देउवा

618 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । सरकारको गुण र दोषका आधारमा विश्लेषण गरेर सरकारलाई विरोध र समर्थन गर्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वासको मतको प्रस्तावमाथिको छलफलका क्रममा सभापति देउवाले संसद्मा कांग्रेसले आफू प्रतिपक्षी दलको रुपमा रहने निर्णय गरेको सुनाउँदै विरोधका लागि विरोध मात्रै नगरेर अवस्थाअनुसार समर्थन र विरोध गर्ने बताएका छन् ।

सभापति देउवाले अहिलेको मिश्रित निर्वाचन प्रणालीका कारण कुनै पनि दलको बहुमत आउने अवस्था नरहने भन्दै दलहरूबीच सहकार्य र एकताको अभ्यासलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।

त्यस्तै उनले संविधानको रक्षका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको बताएका छन्। आफ्नो जोडबलमा कार्यसम्पादन बैठकबाट बहुमतका आधारमा कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गराएका देउवाले संविधानमाथि कसैले पनि घात गर्न नसकोस् भनेर यस्तो निर्णय गरेको बताएका छन् ।

 

nijgadh-supermart-adz1200-630