skip this

कांग्रेसले वर्तमान सरकारलाई समर्थन गर्नु सुखद पक्ष हो –ओली

279 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विरोध गर्नु कुनै औचित्य नभएको नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्।आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै ओलीले प्रधानमन्त्रीमा प्रचण्डको विरोध कुनै औचित्य नभएको बताएका हुन।उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णयको स्वागत गरेका छन्।ओलीले सरकारमा रहँदा प्रधानमन्त्रीले गर्ने भनेको काम र काम गर्न गरेको प्रतिवद्धताको लागि प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद दिएका छन्।

त्यस्तै अध्यक्ष ओलीले नेपाली कांग्रेसले लोकतन्त्रको नयाँ भाष्य स्थापित गरेको बताएका छन्। प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका लागि राखेको प्रस्तावमा छलफल गर्दै ओलीले कांग्रेसले नयाँ अभ्यास सुरुवात गरेको बताएका हुन। अध्यक्ष ओलीले कांग्रेसले प्रतिपक्षीको होइन सहकार्यको प्रस्तावसहित वर्तमान सरकारलाई समर्थन गर्नु सुखद पक्ष भएको बताएका छन् ।

nijgadh-supermart-adz1200-630