skip this farak Kura Pravakar

कांग्रेस संसदीय दलको निर्वाचन आज : सभापति र महामन्त्रीको प्रतिस्पर्धा

1.04K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं–नेपाली कांग्रेस संसदीय दलको निर्वाचन आज हुँदैछ।

मंगलबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराइसकेका छन्।

सभापति देउवालाई संसदीय दलको निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित चार नेताको साथ रहेको कांग्रेस नेताले दाबी गरेका छन्।

एक वर्ष अघि भएको पार्टीको १४ औँ महाधिवेशनमा देउवासँगै सभापतिमा प्रतिस्पर्धा गरेका प्रकाशमान सिंह र विमलेन्द्र निधिले सभापति देउवालाई साथ दिने बताएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल भने संसदीय दलको नेतामा देउवाको उम्मेदवारीको प्रस्तावक नै रहनुभएको छ।

दलको नेतामा सभापति देउवासँग कांग्रेस महामन्त्री गगनकुमार थापाले प्रतिस्पर्धा गर्न लागेका हुन्। थापालाई पार्टी उपसभापति धनराज गुरुङ, अर्का महामन्त्री विश्वप्रकाश शर्मासँगै नेताहरु शेखर कोइराला, प्रदीप पौडेललगायतको साथ रहेको छ।

कांग्रेस संसदीय दलको नेताको निर्वाचन आज (बुधबार) बिहान ८ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुनेछ।

nijgadh-supermart-adz1200-630