चाँगुनारायण नगरपालिकाको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी
वि.सं.२०७९ जेठ ४ बुधवार ०८:१७
1.4K
shares

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका जीवन खत्री विजयी भएका छन् । यसअघि एमालेका मेयर सोम मिश्र विजयी भएको यो नगरपालिकामा यस पटक कांग्रेसले मेयर हात पारेको हो ।
निकतम प्रतिद्वन्दी नेकपा एमालेकी विना बास्तोलालाई पछि पार्दै जीवन मेयरमा विजयी भएका हुन् ।उपमेयरमा भने नेकपा एमालेका रमेश बुढाथोकी विजयी भएका छन् । कांग्रेसका उपमेयरलाई पछि पार्दै रमेशले जित हासिल गरेका हुन् ।
वि.सं.२०७९ जेठ ४ बुधवार ०८:१७
















