skip this

रामगोपालपुरको मेयरर उपमेयरमा एमाले विजयी, वडामा माओवादीको बर्चस्व

1.41K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । महोत्तरीको रामगोपालपुर नगरपालिकाको प्रमुखमा राम दुलार साह र उपप्रमुखमा रिनादेवी यादव निर्वाचित भएका छन् । नेकपा एमालेका तर्फबाट राम दुलार साहले ५३४० र रिनादेवीले ४२६३ मत ल्याएर विजयी भएका हुन् ।साहका निकटतम् प्रतिद्वन्दी नेकपा माओवादीका अशोक कुमार मण्डलले ३५८६ मत मात्र प्राप्त गरे भने उपमेयरमा नेपाली कांग्रेसकी पुष्पा देवी कुशाहाले ४२६३ मत प्राप्त गरिन ।

जम्मा ९ वटा वडा रहेको यस नगरपालिकामा वडा अध्यक्षमा भने माओवादी केन्द्रले बहुमत ल्याएको छ । वडा न।१, २, ८ र ९ मा माओवादी केन्द्र, ३,४ र ७ नेकपा एमाले, वडा न.५ मा नेपाली कांग्रेस र वडा न.६ मा लोसपाले जित हासिल गरेको छ ।

 

 

nijgadh-supermart-adz1200-630