आँबुखैरेनीको ऐना पहरामा अत्याधुनिक पार्क निर्माण कार्य सुरु
वि.सं.२०७९ पुस ५ मंगलवार २०:४३

काठमाण्डौं–तनहुँको आँबुखैरेनीमा ऐना पहरामा अत्याधुनिक पार्क निर्माण कार्य सुरु भएको छ ।
आँबुखैरेनी गाउँपालिका वडा न २ र ४ को सिमाना पृथ्वी राजमार्ग स्थित ऐना पहरामा अत्याधुनिक पार्क निर्माण कार्य सुरु भएको छ ।
आँबुखैरेनी गाउँपालिका पालिकाका अध्यक्ष शुक्र चुमान र पालिकाका उपाध्यक्ष दुर्गा अर्यालले विधिगत रुपमा पुजा गरि कार्यको शुभारम्भ गरेका हुन् ।
पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले ऐना पहरामा झरनामा अत्याधुनिक पार्क निर्माण गरि चट्टानहरुमा देवी देवताहरुको आकर्षण मूर्ति निर्माण गरिने छ ।
आर्थिक वर्ष २०७८÷०७९ मा बिनियोजन गरेको रु १ करोड ४० लाख रुपैयाँको लागतमा पार्कको निर्माण कार्य सुरु भएको हो ।
आगमी आर्थिक वर्ष देखि ऐना पार्कलाई तनहुँकै उत्कृष्ट पर्यटकीय गन्तव्य रुपमा देखाउने गाउँपालिकाले लक्ष्य रहेको गाउँपालिका अध्यक्ष चुमनले बताए ।
वि.सं.२०७९ पुस ५ मंगलवार २०:४३

















