skip this

दुई घरमा आगलागी हुँदा ४२ लाख बढीको क्षति

969 shares
oil-nigam-amlekhgunj-adv.jpeg

सोलुखुम्बु-सोलुखुम्बुमा आगलागीबाट दुई घर जलेर नष्ट हुँदा ४२ लाख बढीको क्षति भएको छ । थुलुङ दूधकोशी गाउँपालिका ९ लोखिमका भक्तबहादुर राई र नौधन राईको घरमा आगलागी हुँदा ४२ लाख ८० हजार मूल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी निरीक्षक रामकिशोर शाहकाअनुसार भक्तबहादुर राईको घरको भान्साकोठाबाट सुरु भएको आगोले भक्तबहादर र सँगै रहेको नौधनको घर समेत खरानीमा परिणत भएको हो ।

आगलागीबाट ढुङ्गामाटोले बनेको र टिनको छानो भएको राईद्वयको दुई/दुई तले घरसहित भित्र रहेको सबै धनमाल जलेर नष्ट हुँदा भक्त बहादुरको ३१ लाख रुपियाँ र नौधनको ११ लाख ८० हजार रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

nijgadh-supermart-adz1200-630