skip this

दाङ क्षेत्र नं. १ बाट महरासहित तीन जना सिफारिस

1.24K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं- दाङ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि माओवादी नेता कृष्णबहादुर महरासहित तीन जनाको नाम सिफारिस भएको छ ।

महरासहित केन्द्रीय सदस्य नारायणी शर्मा ‘प्रतिक्षा’ र प्रदेश सचिवालय सदस्य लुमबहादुर कार्की ‘बद्री’को नाम सिफारिस गरिएको माओवादी केन्द्रका जिल्ला इञ्चार्ज निर्मल आचार्यले जानकारी दिए ।

महरा यसअघि रोल्पा र दाङ क्षेत्र नं. २ बाट पनि सिफारिस भएका छन् । महरा ०७४ सालको निर्वाचनमा दाङ क्षेत्र नं. २ बाट उम्मेदवार बनेका थिए ।
प्रदेशमा ७ जना सिफारिस
त्यस्तै प्रदेश क्षेत्र नम्बर १ (१) तर्फ इन्द्रजित थारु, लुमाकान्ता न्यौपाने, वीरेन्द्र चौधरी र धर्मराज अधिकारीको नाम सिफारिस भएको छ ।

त्यसैगरी प्रदेश क्षेत्र नम्बर १ (२) तर्फ दामा शर्मा, रामप्रसाद घिमिरे, बसन्तराज अधिकारी, बाबुराम चौधरी, कालिराम चौधरी, गंगा पाण्डे र भीमबहादुर ओलीको नाम सिफारिस गरिएको छ ।

nijgadh-supermart-adz1200-630