बालकोट बैठकको निर्णय : प्रचण्डलाई प्रधानमन्त्री बनाउने
राष्ट्रपतिलाई पठाइयो खबर
वि.सं.२०७९ पुस १० आइतवार १५:४७
855
shares

काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन दलहरू सहमत भएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको दलहरूको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेको एक नेताले जानकारी दिए ।
प्रचण्डलाई प्रधानमन्त्री बनाउनेबारे राष्ट्रपति कार्यालयमा जानकारीसमेत पठाइसकिएको बैठकमा सहभागी ती नेताले बताए ।
बैठकबारे प्रतिक्रिया दिँदै एमाले नेता विष्णु रिमालले सहमति सकारात्मकउन्मुख भएको बताए । ‘बालकोटमा बैठक जारी छ। सहमति सकारात्मक दिशातर्फ उन्मुख छ,’ उनले भने ।
आज बालकोटमा एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टीका शीर्ष नेताहरूको बैठक बसेको थियो ।
वि.सं.२०७९ पुस १० आइतवार १५:४७

















