कांग्रेसको सरकार बन्ने सम्भावना सकिएको अध्यक्ष नेपालको दाबी
वि.सं.२०७९ पुस १० आइतवार १५:५२
825
shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कांग्रेसको सरकार बन्ने सम्भावना सकिएको बताएका छन् । गठबन्धन छोडेर नेकपा एमालेसँग सम्वाद गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट गएपछि एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको सचिवालय बैठकमा नेपालले यस्तो बताएका हुन् ।
बैठकअघि, अध्यक्ष माधवकुमार नेपालले कांग्रेस नेतृत्वको गठबन्धनबाट सरकार बन्ने सम्भावना सकिएको ब्रिफिङ गरेका छन् । ‘कांग्रेस नेतृत्वको गठबन्धनमा सत्ता भागबण्डामा सहमति जुट्न नसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा छलफलमा जुटेका छन् ।
वि.सं.२०७९ पुस १० आइतवार १५:५२

















