skip this

पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय, पहिलोपटक महिला एआईजी

1.12K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेपाल प्रहरीका ५ जना नायब महानिरीक्षक (डीआईज)हरुलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरिएको छ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीहरु उत्तमकुमार सुवेदी, अरुण बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

यसैबीच नेपाल प्रहरीमा पहिलोपटक जनपद समूहतर्फको एआईजीमा महिला नियुक्त भएकी छन् । सिंह नेपाल प्रहरीको इतिहासमा जनपदतर्फ पहिलो एआईजी भएकी हुन् ।

nijgadh-supermart-adz1200-630