skip this farak Kura Pravakar

बैंकिङ कसुर मुद्दामा १८ लाख जरिवाना तोकिएका प्रतिवादी पक्राउ

2.04K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । बैंकिङ कसुर मुद्दाका १८ लाख जरिवाना र ५ दिन कैद तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

काभ्रे घर भई गोकर्णेश्वर नगरपालिका–१२ बस्ने ५६ वर्षीय डल्ले कामीलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

उच्च अदालत पाटनले २०७८ कात्तिक २८ मा बैंकिङ कसुर मुद्दामा नगद १८ लाख रुपैयाँ जरिवाना, ५ दिन कैद र बिगो रकम १८ लाख रुपैयाँ तिर्नुपर्ने ठहर गरेको थियो । उनलाई प्रहरीले गोकर्णेश्वर नगरपालिकास्थित जम्बु डाँडाबाट पक्राउ गरेको हो ।

nijgadh-supermart-adz1200-630