skip this

देशमा शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्रीको राजीनामा माग

912 shares
oil-nigam-amlekhgunj-adv.jpeg

 

काठमाडौं । देशमा शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा मागिएको छ ।प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद आशाकुमारी विकले देशभर बलात्कारका घटना र थुनामा रहेका कैदीको रहस्यमय मृत्यु भएका घटनाले शान्ति सुरक्षा कायम हुन नसकेको स्पष्ट भएको बताइन् ।

‘बलात्कार र हिंसाका घटना टुलुटुली हेरेर बस्ने गृहमन्त्रीले अब राजीनामा दिनुपर्छ,’ उनले भनिन्, ‘बालिका र किशोरी बलात्कृत भइरहेका छन् ।रोल्पा कारागारमा सुन्दर हरिजनको मृत्यु भयो । यसरी अशान्ति टुलुटुली हेरेर बस्ने गृहमन्त्रीले अब नैतिकताको आधारमा राजीनामा दिनुपर्छ ।’

 

nijgadh-supermart-adz1200-630