skip this

माइतीघरमा उद्योगी व्यवसायीको प्रदर्शन (भिडियोसहित)

1.18K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-बैंकहरुको चर्को ब्याजदरविरुद्ध उद्यागी व्यवसायीहरुले काठमाडौंको माइतीघरमा सोमबार प्रदर्शन गरेका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकको चर्को ब्याजदर र आतंकविरुद्ध प्रदर्शन गरेको छ । सोमवार काठमाडौँको माइतीघर मण्डलामा महासंघले बैंकको चर्को ब्याजदर र आतंक गरेको भन्दै सरकारविरुद्ध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनमा नेपाल राष्ट्रिय व्यवसायी महासंघ, नयाँ बानेश्वर व्यापार व्यवसायी संघ, ललितपुर तयारी पोसाक व्यवसायी संघ, नेपाल कम्प्लेक्स व्यापार संघ लगायतले माइतीघरमा ब्यानर र प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

भिखमागेर देश चलाउने अर्थ नीति बन्द गर, ब्याजदर घटाऊ गरिखान देऊ, गरिखाने मर्दैछ सरकारको राजस्व घट्दैछ लगायतका प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका हुन् ।

बैंकहरुको चर्को ब्याजदर, कालोसूची, धितोलिलामी जस्ता कारणले व्यवसायीहरू दिनप्रति निरुत्साहित बन्न बाध्य बनाएको उनीहरुको भनाइ छ ।

व्यवसायीप्रति सरकारले विभेदकारी नीति लिएको तथा बैंक तथा वित्तीय संस्थाहरूले आतंक फैल्याउँदा व्यवसायीहरू पीडित भएको भन्दै सडकमा प्रदर्शन गर्न बाध्य भएको व्यवसायीहरूले बताए । महासंघका अध्यक्ष कुमार कार्कीले बैंकहरुले व्यवसायीहरूलाई ३५ दिने सूचना दिएर घर लिलामी गर्न थालेकाले लिलामी रोक्न माग गर्दै सडक आन्दोलन गरिएको बताए । उनले दुई वर्ष अगाडि ८ प्रतिशतमा रहेको बैंकको ब्याजदर १५ प्रतिशतसम्म पुर्‍याएकाले व्यवसायीहरू मर्कामा परेको बताए । उनले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा पुगेको बेला बैंकहरुले उद्योगी व्यवसायीहरूलाई अपमान गरेको बताए । उहाँले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेका उद्योगी व्यवसायी माथि राज्य र बैंकहरुले अवहेलना गरेकाले आन्दोलन गर्नुपरेको जिकिर गरे ।

त्यस्तै, महासंघका पूर्वअध्यक्ष नरेश कटुवालले सरकारलाई लामो समयदेखि आफ्ना माग सम्बोधन नभए सडक आन्दोलन गर्ने जानकारी गराउँदा समेत व्यवसायीहरूका माग पूरा नगरेकाले बाध्य भएर सडकमा आएको बताए । उनले बैंकहरुले ब्याजदर बढाएर आतङ्क मच्चाएकाले बैंकको आतङ्क रोक्नुपर्ने माग राखेर आन्दोलन गरिएको जिकिर गरे । उनले व्यवसायीहरूको लागि वैज्ञानिक भाडादर लागू हुनुपर्ने बताए । उनले व्यवसायीहरूले उठाएका मागहरू सरकारले तत्काल सम्बोधन नगरे मुलुकभरका उद्योगी व्यवसायीहरूले उद्योग व्यवसायीको चाबी सरकार र राष्ट्र बैंकलाई बुझाउने बताए । उनले सरकारले उद्योगी व्यवसायीहरूलाई समेत राहदानी बनाएर विदेश पठाउने नीति लिएको आरोप लगाए ।

त्यस्तै,महासंघकी उपाध्यक्ष लक्ष्मी खड्काले बैंक र व्यवसायीहरुबीच साथीको सम्बन्ध हुनुपर्ने भए पनि गुण्डागर्दीको सम्बन्ध बनाउन खोजेको आरोप लगाइन् । उनले बैंकहरुले २० करोडको धितोलाई १० करोडमा लिलाम गर्ने प्रवृत्ति लिएको बताइन् । खड्काले घरजग्गा बैंकहरुलाई जिम्मा लगाउनको लागि व्यवसायीहरूले व्यापार व्यवसाय नगरेको बताइन् ।

भिडियो

nijgadh-supermart-adz1200-630