skip this

राष्ट्रिय योजना आयोगको सदस्यमा तीन जना नियुक्त

1.33K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ-राष्ट्रिय योजना आयोगमा तीन जना सदस्य नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सुशील ज्ञवाली, अन्जान शाक्य र कुशेन्द्र महतलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नियुक्त हुनेमा ज्ञवाली राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पूर्व सीईओ हुन् भने शाक्य पूर्व राजदूत हुन् ।

एक साता अघि आयाेगकाे उपाध्यक्षमा मिनबहादुर श्रेष्ठ नियुक्त भईसकेका छन् । प्रधानमन्त्री आयाेगकाे अध्यक्ष हुने व्यवस्था छ ।

उपाध्यक्षमा नियुक्त डा श्रेष्ठलाई ९ माघमा आयोगका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा श्रेष्ठ नियुक्त

nijgadh-supermart-adz1200-630