सशस्त्र प्रहरी बलको प्रवक्तामा डीआईजी कालिदास धौवजी
वि.सं.२०८२ वैशाख २४ बुधवार २२:०६
969
shares

काठमाडौँ-सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मेवारी डीआईजी कालिदास धौवजीले पाएका छन् । आईजी राजु अर्यालले उनलाई संगठनको प्रवक्ता तोकेका हुन् ।
यसअघि धौवजी नम्बर–२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा कार्यरत थिए ।
सशस्त्र प्रहरी बलको यसअघिका प्रवक्ता कुमार न्यौपाने कोशी प्रदेशस्थित नम्बर–१ बराह बाहिनी मुख्यालय सुनसरीमा सरुवा भएका छन् ।
वि.सं.२०८२ वैशाख २४ बुधवार २२:०६
















