skip this farak Kura Pravakar

भारतसँँगको सीमा विवाद अन्त्यका लागि कूटनीतिक पहल भइरहेको छः प्रधानमन्त्री दाहाल

609 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँँगको सीमा विवाद अन्त्यका लागि कूटनीतिक पहल भइरहेको जानकारी गराएका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा उनले आफ्नो आसन्न भारत भ्रमणमा पनि कुनै पनि देश हितविपरीतका कार्य नहुने विश्वास दिलाए ।

सीमा विवाद समाधानका लागि कुटनीतिक पहल भइरहेको भन्दै उनले आफ्नो एक इन्च पनि नछाड्ने र अरुको एक इन्च पनि भूमि नलिने नीतिअनुसार नै भारत भ्रमणमा छलफल हुने जानकारी दिए । प्रबुद्ध समूहको प्रतिवेदन बुझ्ने र बुझाउने विषयमा पनि भारत भ्रमणमा छलफल हुने उनले बताए ।

nijgadh-supermart-adz1200-630