उपचुनाव नजितेसम्म कुनै पदमा जान्नँ : रवि लामिछाने
वि.सं.२०७९ माघ २२ आइतवार १७:२८
1.26K
shares

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा नजाने बताएका छन् ।
सरकारबाट बाहिरिने, तर समर्थन कायमै राख्ने पार्टीको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा लामिछानेले भने, ‘उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा जान्नँ ।’
उनले सञ्चारमाध्यमहरुले आफूलाई निरन्तर खेदेको भन्दै आक्रोश समेत पोखेका छन् ।
वि.सं.२०७९ माघ २२ आइतवार १७:२८

















