skip this

अखिल नेपाल खेलकुद महासंघ रसुवाको अध्यक्षमा डोलनाथ चयन

3.82K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं– अखिल नेपाल खेलकुद महासंघ रसुवाको अध्यक्षमा डोलनाथ लामिछाने चयन भएका छन् ।

महासंघको विहीबार भएको ऐतिहासिक प्रथम जिल्ला भेलाले डोलनाथ लामिछानेको अध्यक्षमा २३ सदस्यीय जिल्ला कमिटि गठन गरेको छ । त्यसैगरि जिल्ला उपाध्यक्षमा भुवन मगर चयन भएका छन् ।

त्यसैगरि सचिवमा निरन्तर तामाङ, सहसचिवमा रामकुमार घले, कोषाध्यक्षमा मनिषा तामाङ चयन भएका छन् । त्यसैगरि सदस्यमा सुप्रिम घिमिरे, फुर्पु तमाङ लगायत रहेका छन् ।

जिल्ला अखिल नेपाल खेलकुद महासंघ केन्द्रिय सदस्य सुजन न्यौपानेको अध्यक्षतामा भएको भेला उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश सह सचिव माधव लामिछाने (समीर), नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य एबम रसुवा जिल्ला सह इन्चार्ज प्रभाकर घिमिरे, नेकपा माओवादी केन्द्र जिल्ला संयोजक फुर्पु तेन्जिङ तामाङको उपस्थिति रहेको थियो ।

nijgadh-supermart-adz1200-630