skip this

एमाले फर्केपछि सुन्दरलाई कारबार्ही ! नेकपा (एस) को कार्यबहाक पाए विजेन्द्रले

1.94K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–नेकपा (एकिकृत समाजवादी) पार्टी बाराको कार्यबहाक अध्यक्षको जिम्मेवारी विजेन्द्र प्रसाद चौधरीले पाएका छन् ।

अध्यक्ष सुन्दर विश्वकर्मा पार्टी छाडेर नेकपा (एमाले) प्रवेश गरेपछि उपाध्यक्ष चौधरीलाई कार्यबहाक अध्यक्षको जिम्मेवारी दिर्ईएको हो ।

एमाले अध्यक्ष केपी ओली स्वागत गर्दै ।

विहीबार पार्टी अध्यक्ष समेत रहेका प्रदेश सांसद विश्वकर्मासहित ११ जना नेता नेकपा एस छाडेर एमालेमा फर्किएका थिए ।

नेकपा (एस) बारामा पहिरो ! दुई प्रदेश सांसदसहित यी नेता एमाले फर्किए

विहीबार पार्टीको बैठकले विश्वकर्मालाई साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको छ । बैठकले विश्वकर्मालाई अवसवादीको आरोप समेत लगाएको छ । पार्टीभित्र बसेर अवसर प्राप्त गर्ने र व्यक्ति केन्द्रित भएर अवसरकै खोजीमा अन्य पार्टीको इसारामा लागेको आरोप समेत लगाईएको छ । बैठकपछि जारी विज्ञप्तीमा विश्वकर्माको अराजनीतिक र गैरसामाजिक गतिविधिबाट सचेत रहन अनुरोध समेत गरिएको छ ।

 

nijgadh-supermart-adz1200-630