skip this yams_Max_Hospital.jpeg

टिप्पणी : मोहोरा नबन्नुस् जीतपुरसिमराका जनप्रतिनिधि महिला !

2.87K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–अनुशासन र सहनशिलाको प्रतिक हुन्, महिला । जहाँ महिलाको नेतृत्व हुन्छ, त्यहाँ शुसासन हुन्छ भन्ने आम बुझाई छ । त्यसैले त्यसलाई मन नपराउने समुह जहिल्यै नेतृत्वमा महिलालाई पुग्नबाट रोक्न प्रयत्नमा रहन्छ, नेतृत्वमा आईहाले असहयोग गर्ने र असफल बनाउने योजनामा हुन्छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका एउटा यस्तो पालिकाको हो, जहाँ प्रमुख प्रशासकीय अधिकृत मधेस प्रदेशकै एक मात्र महिलाले नेतृत्व गरेको र प्रत्यक्ष रुपमा वडा अध्यक्ष महिलाले जितेको अवस्था छ । यहाँ थप एउटा वडाको कार्यबाहक वडा अध्यक्षको जिम्मेवारी महिलाले नै पाएको छ । तर, मेयर र उपमेयर मध्ये एक महिला हुनुपर्ने व्यवस्था संविधानले गरेपनि दुवै पदमा पुरुष नै आसिन छन् ।

मेयर, उपमेयर पुरुष भएको अवस्थामा पहिलो पटक प्रमुख प्रशासकीय अधिकृतको पद महिलाले हाँकेको केहिलाई भने फिटिकै मन परेको छैन । मन परोस् पनि कसरी ? माथि पृष्ठभूमीमा भनेजस्तै शुसासनप्रति महिलाको ध्यान हुन्छ, त्यहिँमाथि प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले त झन्, ध्यानी (योग) प्रशिक्षक नै परिन् । मननै शुद्ध गरेर कर्मनिष्ट भएर उपमहानगरको प्रशासन हाँकिरहेकी आँटी स्वभावकी काफ्ले विरुद्ध चरणबद्ध हमला भईरहेको छ ।

सत्ता, शक्ति, अदालतको डण्डा चलाएर खेद्ने योजना असफल भएपछि विहीबार भौतिक रुपमै कार्यकक्षमा घेराबन्दीमा पारेर ‘जुन बाटो आएको हो, त्यहिँ बाटो जाने जानु’ भन्ने उर्दी जारी भएको छ ।

हुन् त काफ्लेमाथि यो भौतिक रुपमा पनि पहिलो आक्रमण थिएन, यसअघि १० असारमा नगर सभाको सदस्य सचिवको भूमिकामा रहेको बेलामा उपमेयर भोलाप्रसाद अधिकारीले बोत्तल प्रहार गरेकै हुन् । डराएर कार्यालय नआउँलिन भन्ठानेको प्रमुख प्रशासकीय अधिकृत काफ्ले झन् छिटो हाजिर भईन् ।

सत्ताको शक्ति प्रयोग गरेर दुई महिनामै प्रमुख प्रशासकीय अधिकृत काफ्ले सरुवा गराउने निर्णय गराएपनि रमाना नबुझ्ँदै सर्वोच्च अदालतबाट अन्तरिमकालिन आदेशबाट ब्याक फायर व्यहोरेका छन् । त्यसो त उनको नामनै किटेर नगर सभा अवैध भएको भन्दै उच्च अदालत वीरगञ्जमा दायर गरेको रिट विचाराधिन छ ।

नगर सभाले पारित परेको बजेट कार्यान्यन र गत आर्थिक वर्षको दायित्व भुक्तानीमा जुटेको बेलामा हुर्मत लिने गरि प्रमुख प्रशासकीय अधिकृत काफ्लेमाथि भएको अराजक गतिविधिमा महिला जनप्रतिनिधिलाई मोहोरा बनाईएको छ ।

१० असारमा मेयर राजन पौडेललाई सभाहलबाट निस्कन नदिन र गालीगलौज गर्न पनि महिला जनप्रतिनिधिलाई मोहोरा बनाईएकै थियो । त्यसकै निरन्तताका रुपमा विहीबारको घटना योजनाबद्ध रुपमा रचिएको बुझ्न कठिन छैन ।

महिला जनप्रतिनिधिहरु आँखा चिम्लेर अराजक गतिविधिमा संलग्न भएका छन्, त्यसले महिला जनप्रतिनिधिलाई हानि गरिरहेको छ । जीतपुरसिमरामा पुरुष भन्दा महिला जनप्रतिनिधि अराजक भनेर स्थापित गरिएको छ । अब यहाँ महिला कर्मचारी टिक्दैनन् भन्ने स्थापित गरेर त्यसको लाभ कसलाई हुन्छ ?

सचिव सरुवाको निउ पारेर जसरी प्रमुख प्रशासकीय अधिकृत घेरियो, त्यसमा तुक नै छैन । यो नियमित प्रशासनिक कार्य हो । १५ जनाको जिम्मेवारी हेरफेर गरिएकोमा आधाभन्दा बढी खटाएको ठाउँमा खटिसकेँ ।

वडा नं. १ मा रन्जु अधिकारी, २ मा लक्ष्मी लामा, ६ मा बालाराम खड्का, ७ मा गोविन्द पोखरेल, ८ मा स्मृती बर्मा, १४ मा त्रिलोक ठाकुर र २३ मा संगिता चौधरीमा हाजिर हुन सकेको छैन, अझ भनौं हाजिर हुन दिईएको छैन ।

जीतपुरसिमरामा कर्मचारीमार्फत चलखेल गर्ने र नगरको निर्णय कार्यान्यवन हुन नदिन सक्रिय छन् । शिक्षक हाजिरी लफडा सेलाउन नपाउँदै सचिव लफडा मच्याउन खोजिएको छ । शिक्षा समितिको निर्णय कार्यान्वयन गराउनका लागि शिक्षकलाई हाजिर गराउन मेयर पौडेल मैदानमै उत्रिनु परेको थियो । अब सचिव प्रकरण अल्टिमेटमै टुङ्गिन्छ कि अझै अघि बढ्छ हेर्न बाँकी छ ।

nijgadh-supermart-adz1200-630