मलाई छोरीको उपमा नदेउ….
वि.सं.२०७९ जेठ २६ बिहीवार १८:००
1.39K
shares

काठमाडौं । मलाई छोरीको उपमा नदेउ सम्झना धमला (सानु) को मन छुने गजल :
गजल
मलाई छोरीको उपमा नदेउ
नौनी जस्तै कोमल बदन मेरो
गिद्दले जस्तै लुछि लुछि खाने छन्
भो आमा मलाई छोरीको उपमा नदेउ
म मेरो अस्मिता जोगाउन सक्दिन ।
फुल्ने रहर छ तिम्रै आगनमा
कोपिलामै चुडीनु पर्छ कि डर लाग्छ ।
भो आमा मलाई छोरीको उपमा नदेउ
म मेरो अस्मिता जोगाउन सक्दिन ।
हिजो स्कुल जाँदा पल्लाघरे दाईको कुरा सुने
भन्दै थिए,कति मिलेको अदा ।
भो आमा मलाई छोरीको उपमा नदेउ
म मेरो अस्मिता जोगाउन सक्दिन ।।
हिजो मेरै साथि निर्मलालाई सपनामा देखे
भन्दै थि, उखुबारीको बाटो नहिड्नु है,अब तिम्रो पालो रे,
भो आमा मलाई छोरीको उपमा नदेउ
म मेरो अस्मिता जोगाउन सक्दिन ।
सम्झना धमला (सानु)
वि.सं.२०७९ जेठ २६ बिहीवार १८:००
















