skip this

कञ्चनपुरमा मोटरसाइकल गाडासँग ठोक्किँदा चालकको मृत्यु

975 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । बुधबार बेलुका कञ्चनपुरमा मोटरसाइकल गाडासँग ठोक्किँदा चालकको मृत्यु भएको छ भने एकजना घाइते छन् ।। बेलौरी नगरपालिका–५, भकुन्डामा मोटरसाइकल गाडासँग ठोक्किँदा पुनर्वास नगरपालिका–१, गणेशबस्तीका अन्दाजी २४ वर्षीय विश्राम रानाको उपचारका क्रममा बेलौरीस्थित इसान मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकलमा पछाडि सवार २८ वर्षीय शंकर रानाको सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ । बेलौरीबाट रामनगर जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ०१० प ८३९ नम्बरको मोटरसाइकल गाडासँग ठोक्किएको थियो । गाडा चालकलाई इलाका प्रहरी कार्यालय बेलौरीले नियन्त्रणमा लिएको छ ।

nijgadh-supermart-adz1200-630