skip this farak Kura Pravakar

बाराको सडकमा चालकको स्वास्थ्य र सवारीसाधनको यान्त्रिक परीक्षण

1.5K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा– बाराको अमलेखगञ्जबाट बाहिरिने र भित्रिने सार्वजनिक सवारीसाधनको अवस्था र चालकको स्वास्थ्यबारे ट्राफिक प्रहरीले ‘यान्त्रिक परीक्षण’ अभियान सुरु गरिएको छ ।

जितपुर सिमरा उपमहानगरपालिका र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाको संयुक्त आयोजनामा अभियान सुरु भएको हो ।

अभियानको जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल र बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले संयुक्त रुपमा सवारी साधनमा स्टीकर टाँस गरेर उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा मेयर पौडेलले सवारी दुर्घटनाको कारण मध्ये मेसिनरी कारणलाई ध्यान नदिदाँ त्यसको नियन्त्रण हुन नसकेको बताए । ‘प्लेन दुर्घटनामा हुदाँ छानबिन समिति बन्छ,’ मेयर पौडेलले भने– सार्वजनिक यातायात दुर्घटनामा किन कसैको ध्यान जाँदैन

बारामा सवारी दुर्घटना बढिरहेको हुँदा ट्राफिक प्रहरीले सडकमै चालकको स्वास्थ्य परीक्षण र सवारी साधनको यान्त्रिक परीक्षण गरेको हो । यसले चालकलाई रिफ्रेस बनाउनुका साथै आफुले चलाएको सवारीसाधनको अवस्था र स्वयं चालकको स्वास्थ्यबारे जानकारी लिने लक्ष्यका साथ नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले स्वास्थ्य तथा यान्त्रिक परीक्षण गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

यात्रुवाहक सवारीसाधन चलाउने चालकको स्वास्थ्य अवस्था, यात्रुबाहक सवारीसाधनको यान्त्रिक अवस्थाका बारेमा परीक्षण गर्ने र समस्या वा खराबी देखिएमा उपचारात्मक पद्धतिमा जानको लागि सुझााव दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

सवारी चालकले राम्रोसँग देख्छ कि सक्दैन, ब्लड प्रेसरको चाप कस्तो छ, स्वयं चालकले चालाएको सावारीसाधनको अवस्था के छ भनेर चिकित्सकको टोली र प्राविधिकसहित स्वास्थ्य जाँच र सवारीसाधनको यान्त्रिक परीक्षण गराएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख एवं प्रहरी उपरीक्षक नान्तिराज गुरुङले बताए ।

सडकमै स्वास्थ्य जाँच हुने गरेकाले चालकहरू समेत खुसी भएका छन् । ‘हामी अस्पताल गएर लाइनमा बस्नुपर्थ्यो, तर आज सजिलो र छिटो बाटोमै स्वास्थ्य जाँचियो,’ चालक कृष्ण तिमल्सिनाले भने, ‘यो राम्रो काम हो । यसलाई निरन्तरता दिए हामी आभारी हुने थियौं।’

यस्तै चालकहरुको स्वास्थ्य अवस्थामा समस्या हुँदा पनि सवारी दुर्घटना हुने गरेको, चालकले मादक पदार्थ तथा लागू औषध सेवन गर्ने जस्ता कारणले दुर्घटना निम्त्याउने, साथै सावारी साधन समयमा मर्मत नगर्ने, सवारी साधनको यान्त्रिकी परीक्षण नगरी चलाउने गर्दा दुर्घटना निम्तन सक्छ भन्दै ट्राफिक प्रहरीले शिविर सञ्चालन गरेको सवारी चालक रवीन्द्र केसीले ट्राफिकलाई धन्यबाद व्यक्त गरे ।

कार्यक्रमलाई विवेक अटोमोबाइल्स छाता पिपरा, नेपाल मेडीसिटी वयोधा अस्पताल, पर्सा र नेपाल आँखा अस्पताल औराहा बाराको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन भएको हो । शिविरमा चालकको आँखा परीक्षण, रक्तचाप परीक्षण, सवारी साधनको यान्त्रिक परीक्षण गरिएको थियो ।

बारा जिल्लामा भित्रिने र बाहिरिने बस, ट्रक, जिप, सुमो र माइक्रोबस गरी ५८० वटा सवारीसाधनको अवस्था र सो सवारीका चालकको स्वास्थ्य परीक्षण गरिएको हो ।

यान्त्रिक परीक्षण गर्दा अवस्था ठिक नभएका तीनवटा सवारीसाधनलाई ट्राफिकले नियन्त्रणमा लिई तत्कालै नजिकैको ग्यारेजमा मर्मत गर्न पठाइएको थियो भने स्वास्थ्य परिक्षण गर्दा ३४ जना चालकमा उच्च रक्तचाप देखिएको मध्ये तीन जना चालकमा उच्च रक्तचाप र मधुमेहसमेत रहेको हुँदा अर्को सवारी चालक उपलब्ध गराइ पठाइएको थियो । यस्तै तीन जना चालकले मापसे गरेको पाइएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले जनाएको छ ।

nijgadh-supermart-adz1200-630