skip this

गोर्खाज फाइनान्सको सीईओमा सन्तोष घिमिरे नियुक्त

1.8K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोष घिमिरे नियुक्त भएका छन् ।
मंगलबार बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई ४ वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।


सीईओ लालबहादुर थिङले राजीनामा दिएसँगै रिक्त पदमा घिमिरे आएका छन् । घिमिरेले यसअघि गोर्खाज फाइनान्सको महाप्रवन्धकको रुपमा अनुभव संगालिसकेका छन् ।
घिमिरेले आजैदेखि सीईओको जिम्मेवारी सम्हालेका छन् । घिमिरेसँग ३ दशकसम्म नेपाल राष्ट्र बैंकमा रहेर काम गरेको अनुभव समेत रहेको छ ।

nijgadh-supermart-adz1200-630