जगदम्बा स्टिलले शुरु गर्यो तेस्रो देशमा निर्यात
वि.सं.२०७८ माघ २३ आइतवार २३:२८

काठमाडौं । जगदम्बा स्टिलले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको छ । जगदम्बाका ‘कलर कोटेड कोइल्स तथा शिट’हरुको आकर्षण विदेशमा समेत चुलिएको हो ।
कम्पनीका अनुसार जगदम्बा स्टिलका उत्पादन, जगदम्बाका ‘कलर कोटेड कोइल्स तथा शिट’हरु दक्षिणपूर्वी, मध्यपूर्वी एशियाली देशहरु तथा दक्षिण अफ्रिकामा उच्च आपूर्ति मागसहित उपभोक्ताद्वारा परिक्षित तथा अनुमोदित भएको छ ।
‘उपभोक्ता सन्तुष्टिका लागि गुणस्तरको प्रतिवद्धता हाम्रो प्रथम प्राथमिकता हो । गुणस्तरको सुनिश्चिततार्थ अत्याधुनिक प्लान्टमार्फत् निर्मित हाम्रा उत्पादनका गुणस्तरको लागि नेपाली उपाभोक्ताको साथ सहयोग र मायाँका लागि हामी सदैव कृतज्ञ छौं,’ तेस्रो देश निर्यात थालनीको सुअवसरमा बोल्दै शंकर ग्रुपका अध्यक्ष शंकर लाल अग्रवालले भने, ‘यो मायाँले अझ विस्तारित रुप लिएको छ । नेपाली उत्पादन तेस्रो देशमा निर्यात गर्ने पहिलो कम्पनीका रुपमा स्थापित हुन पाउँदा हामी निकै गौरवान्वित छौं ।’
योसँगै गुणस्तरको निरन्तर्ताका लागि प्रतिबद्धता जनाउँदै भविष्यमा अझ उत्कृष्ट उत्पादनहरु उपभोक्ता माझ पस्कँदै जान थप आत्मबल मिलेको अग्रवालले बताए ।
जगदम्बा स्टील नेपालको चर्चित व्यावसायिक घराना शंकर ग्रुपको लगानीमा उत्पादन हुँदै आएको छ । यो स्टील उद्योग देशकै ठूलो उद्योगमा पर्छ । यो उद्योगले देशभरका १५ सय डिलरमार्फत् आफ्नो उत्पादन बिक्री वितरण गर्दै आएको छ ।
वि.सं.२०७८ माघ २३ आइतवार २३:२८
















