यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
वि.सं.२०७९ पुस २० बुधवार ०६:३०
1.38K
shares

काठमाडौं-नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३२ रूपैयाँ ३२ पैसा र बिक्री दर १३२ रूपैयाँ ९२ पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रूपैयाँ ६३ पैसा र बिक्री दर १४० रूपैयाँ २६ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५७ रूपैयाँ ८७ पैसा र बिक्री दर १५८ रूपैयाँ ५९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २२ पैसा र बिक्री दर ३६ रूपैयाँ ३९ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।
वि.सं.२०७९ पुस २० बुधवार ०६:३०

















