डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँले घट्यो
वि.सं.२०८० जेठ २ मंगलवार २०:३५
846
shares

काठमाडौँ — नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । पेट्रोलको मूल्य भने यथावत राखेको छ । निगमको नयाँ मूल्यसूची अनुसार डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँले घटेको छ ।
डिजेलको मूल्य घटेपश्चात खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ५५ रुपैयाँ पर्नेछ । मट्टीतेल पनि १ सय ५५ रुपैयाँ पर्ने निगमले जनाएको छ । पेट्रोलको भने यसअघिकै मूलय प्रतिलिटर १७५ रुपैयाँ पर्ने छ ।नयाँ खुद्रा बिक्री मूल्य मंगलबार राति १२ बजेदेखी लागु हुने छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी)ले अघिल्लो पटकको मूल्यभन्दा डिजेलमा प्रतिलिटर ८ रुपैयाँ १३ पैसाका दरले घटाएर पठाएपछि प्रतिलिटर १० रुपैयाँ घटाएको निगमले जनाएको छ ।
मूल्य सुची :

वि.सं.२०८० जेठ २ मंगलवार २०:३५
















