skip this

आजको फलफूल तथा तरकारीको मूल्य, कुरीलो प्रतिकेजी २५० रुपैयाँ

885 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ९०, टनेल गोलभेडा सानो ५६,घिउ सिमी लोकल ३०, कुरीलो प्रतिकेजी २५०, काउली स्थानिय प्रतिकेजी ७० रुपैयाँ , आलु रातो ४८, भारतीय आलु रातो ३५, लौका ५० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २६० रुपैयाँ ,गाजर ९०,बन्दा लोकल ८ , मूला रातो २५, भन्टा लाम्चो ३०, मकै बोडी ४०, टाटे सिमी ८०, ब्रोकाउली ७०, कागती १४० रुपैयाँ, भिण्डी रू ४०, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ५०, गुन्दुक २५०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार केरा दर्जन १४०,अनार ३०० रुपैयाँ, नासपाती ७०,आभोकाडो ५०० रुपैयाँ,कालो अंगुर ५००, किवि ८००, हरियो खुर्सानी अकबरे ३०० रुपैयाँ,रहु माछा ३१०, छडी माछा २४०, ताजा माछा (मुंगरी) ३०० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै, मालदह आँप १२०, हरियो धनिया ७०,लसुन हरियो ९०, खु्र्सानी सुकेको ४५०,नेपाली लसुन २००, चाइनिज लसुन २६०,रुख कटहर ४०, भेडे खु्र्सानी ८० मा कारोबार भइरहेको छ ।

nijgadh-supermart-adz1200-630