skip this farak Kura Pravakar

प्राइम बैंकका सबै ग्राहकको खाता नम्बर परिवर्तन हुँदै

786 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । प्राइम कमर्शियल बैंकका सम्पूर्ण ग्राहकको खाता नम्बर परिवर्तन हुने भएको छ। बैंकले हाल  १० अङ्क / अक्षरमा रहेको खाता नम्बर परिवर्तन गरी भदौ २३ गते शनिवारदेखि २० अङ्कको कायम गरिने जनाएको हो।

नयाँ खाताको कारोबारहरू ग्राहकसँग हाल भइरहेको चेक तथा एटिएम कार्डबाट नै गर्न सकिने तथा मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस लगायतका सेवाहरूमा प्रयोग भएका साबिकको खाता नम्बरहरू प्रतिस्थापन गरी बैकबाट नै नयाँ खाता नम्बर अद्यावधिक गरिने बैंकले प्रष्ट पारेको छ ।

साथै अन्य सबै निकायहरू जस्तै: ब्रोकर तथा डिम्याट खातामा ग्राहक आफैले नयाँ २० अङ्कको खाता नम्बर अद्यावधिक गराउन बैंकले आग्रह गरेको छ ।

बैंकको कोर बैंकिङ System (CBS) अद्यावधिक हुने भएकोलेखाता नम्बर पनि परिवर्तन हुने बैंकले जनाएको छ  । बैंकले भदौ २२ गते शुक्रबार राति १०:०० बजे देखि १२:०० बजेसम्म सिस्टम अद्यावधिक गर्ने छ । सो समयमा एटिएम, मोबाइल बैंकिङ लगाएत सम्पूर्ण सेवाहरू प्रभावित हुने बैंकले जनाएको छ ।

nijgadh-supermart-adz1200-630