skip this farak Kura Pravakar

विद्युत् प्राधिकरणले माग्यो ४ सय भन्दा बढी कर्मचारी

1.48K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदका लागि झन्डै ४ सय भन्दा बढी कर्मचारी माग गरेको छ। खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नेगरी आज सूचना प्रकाशन गर्दै प्राधिकरणले कर्मचारी माग गरेको हो।

प्रधिकरणले सहनिर्देशकदेखि प्राविधिकसम्म ४०० बढी कर्मचारी माग गरेको छ। प्राधिकरणले सबैभन्दा माथिल्लो पद दशौं तहको सहनिर्देशकदेखि तेस्रो तह सम्मका प्रशासन र प्राविधिक तर्फका विभिन्न पदमा दरखास्त आह्वान गरेको हो। प्राधिकरणले दशौं तहमा प्रशासन सेवाको लेखा समूहतर्फ १ जना सहनिर्देशक र प्राविधिकतर्फ सिभिल समूहका १ जना प्रबन्धक माग गरेको छ।

प्राधिकरणले उपप्रबन्धक, सहायक निर्देशक, सहायक प्रबन्धक, प्रशासकीय अधिकृत, लेखा अधिकृत, कानुन अधिकृत, इन्जिनियर तथा सहायक स्तरका विभिन्न प्रशासनिक र प्राविधिक पदहरूमा दरखास्त माग गरेको छ।

प्राधिकरणले विभिन्न प्रदेशका लागि मिटररिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर मिटर रिडर, सहायक लेखापाल, फोरमेन, इलेक्ट्रिसियन र जुनियर मिस्त्री लगायतका पदका लागि पनि दरखास्त आह्वान गरेको छ।

nijgadh-supermart-adz1200-630