skip this farak Kura Pravakar

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

1.57K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा शुक्रबार प्रतितोला सुनमा १ हजार रुपैयाँ र चाँदीमा २० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार शुक्रबार १ हजार रुपैयाँले बढेर छापावाल सुन तोलामा १ लाख १४ हजार ७०० रुपैयाँले कारोबार भइरहेको छ ।

बिहीबार छापावाला सुन तोलामा १ लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार तेजावी सुन तोलामा एक लाख १४ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी तोलामा एक १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

nijgadh-supermart-adz1200-630